सिटिजन्स बैंकका ग्राहकलाई विराट मेडिकलमा छ्रूट

Share News

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धरानस्थित विराट मेडिकल सेन्टर प्रालिबीच बैंकका ग्राहकलाई छूट दिने सहमति भएको छ । समझदारीपश्चात् बैंकका कार्डवाहक ग्राहकले मेडिकलका विभिन्न सेवामा ५० प्रतिशतसम्मको छूट प्राप्त गर्ने बताइएको छ । सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । 

बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले १८८ शाखा, १४७ एटीएम, ३ विस्तार काउन्टर र ९७ शाखारहित बैंकिङ इकाईबाट सेवा प्रदान गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।