कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

Share News

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको साधारण शेयर सूचीकृत भएको छ । कम्पनीको कुल १२ लाख १८ हजार ६७५ कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यो शेयर भोलि (सोमवार)देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । 

कम्पनीले सर्वसाधारण शेयरधनी, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीहरूको लागि निष्कासन गरेको २ लाख ४३ हजार ७३५ कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता गरेर कुल १२ लाख १८ हजार ६७५ कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १५९ दशमलव ६७ देखि ४७९ दशमलव ०१ सम्म ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको स्टक सिम्बोल केबिएसएच छ । कम्पनीले शेयर सूचीकरणपश्चात दिनुपर्ने आरटिएस सेवा एनएमबि क्यापिटल लिमिटेड, नक्सालबाट हुने जानकारी दिएको छ । 


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।