लक्ष्मी भ्यालु फण्ड २ को इकाई बाँडफाँट 

Share News

काठमाडौं । लक्ष्मी भ्यालु फण्ड २ को इकाई बाँडफाँट भएको छ । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ५ देखि १९ गतेसम्म प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा ८ करोड इकाई विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूमा भदौ ४ गते इकाई बाँडफाँट गरिएको जानकारी योजना व्यवस्थापकले दिएको छ ।

कुल इकाईमध्ये १५ प्रतिशत दरको १ करोड २० लाख इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ । योबाहेक बाँकी ६ करोड ८० लाख इकाई आम सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको थियो ।

सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको उक्त इकाई बाँडफाँट गरिएको हो । यो योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।