सिटिजन्स बैंकका ग्राहकलाई ओरो प्लस डेन्टलमा छूट

Share News

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको पुल्चोकस्थित ओरो प्लस डेन्टल क्लिनिकबीच बैंकका ग्राहकलाई छूट दिने समझदारी भएको छ । समझदारीपश्चात् बैंकका कार्डवाहकले क्लिनिकका सेवामा १० प्रतिशतसम्म छूट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । बैंकले डिजिटल बैंकिङको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले १८८ शाखा, १४७ एटीएम, ३ विस्तार काउन्टर र ९७ शाखारहित बैंकिङ इकाईबाट सेवा प्रदान गर्दै आएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।