लक्ष्मी इक्वीटी फण्ड र लक्ष्मी उन्नति कोषको न्याभ घट्यो, यस्ता छन् अन्य सूचक

Share News

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटी फण्डले साउनको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार यी दुवै फण्डको न्याभ असार मसान्तको तुलनामा साउन मसान्तमा घटेको छ । लक्ष्मी इक्वीटी फण्डको न्याभ असार मसान्तमा १० रुपैयाँ ८२ पैसा रहेकोमा साउन मसान्तमा घटेर ९ रुपैयाँ ८२ मा झरेको छ ।

त्यस्तै लक्ष्मी उन्नति कोषको न्याभ असार मसान्तमा १० रुपैयाँ ९९ पैसा रहेकोमा साउन मसान्तमा ९ रुपैयाँ ८९ पैसामा सीमित भएको हो । त्यस्तै यो फण्ड साउन मसान्तसम्ममा रू. ६ करोड ७७ लाख नोक्सानीमा छ । असार मसान्तमा पनि फण्ड रू. २ करोड २१ लाख नोक्सानीमा थियो । यसरी हेर्दा फण्डको नोक्सानी असारको तुलनामा साउनमा बढेको छ । यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ४४ करोड ९६ लाख लगानी गरेको छ । 

लक्ष्मी इक्वीटी फण्ड पनि साउन मसान्तमा नोक्सानीमा छ । फण्ड साउन मसान्तसम्ममा रू. १९ करोड ४८ लाख नोक्सानीमा रहेको हो । असार मसान्तमा पनि फण्ड रू. १० करोड २३ लाख नोक्सानीमा थियो । साउन मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. ८८ करोडभन्दा बढी लगानी गरेको छ । यो लगानी असार मसान्तसम्ममा रू. ९० करोड १८ लाख थियो । 

लक्ष्मी इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

लक्ष्मी उन्नति कोषको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।