कामना सेवा विकास बैंक र हिमालयन जाभा कफीबीच सम्झौता

Share News

काठमाडौं। कामना सेवा विकास बैंक र हिमालयन जाभा कफीबीच मंगलवार भुक्तानी सम्बन्धी सम्झौता भएको छ । बैंकमा आबद्ध ग्राहकले काठमाडौंको पुतलीसडकस्थित जाभाले प्रदान गर्ने सेवा सुविधामा १० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्ने बताइएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा ग्राहकले यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । सम्झौताबाट बैंकमा आबद्ध ग्राहकले लाभ लिने विश्वास बैंकको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।