दुई विकास बैंकको ऋणपत्र सूचीकृत

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुईओटा विकास बैंकका ऋणपत्रहरू सूचीकृत भएका छन् । नेप्सेमा महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकका ऋणपत्रहरू सूचीकृत भएका हुन् ।

महालक्ष्मीको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ र लुम्बिनीको ‘एलबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचीकृत भएका छन् । महालक्ष्मी विकास बैंकको कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् । 

त्यस्तै लुम्बिनी विकास बैंकको कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । यो पनि १० वर्षे अवधिको ऋणपत्र हो । यसमा पनि लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् । यी दुवै ऋणपत्र आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।