एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा

Share News

काठमाडौं । एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फण्डको लाभांश घोषणा गरिएको छ ।  

योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको बुधवार (भदौ १३ गते) बसेको बैठकले आर्थिक वर्ष २०७९/८०का लागि एनआईबीएल प्रगति फण्डका इकाइधनीहरुलाई करसहित ६ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

जसअनुसार यो योजनाका इकाइधनीहरूलाई ५ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरिएको क्यापिटलले जनाएको छ । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।