‘एनआईसी एशिया फुटसल कप २०२३’ सम्पन्न

Share News

काठमाडौं। एनआईसी एशिया बैंकले आयोजना गरेको ‘एनआईसी एशिया फुटसल कप २०२३’ प्रतियोगिता सम्पन्न भएको छ । कर्मचारीबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप प्रतियोगिता आयोजना गरिएको बैंकले जानकारी दिएको छ ।

सातै प्रदेशबाट छानिएका २० पुरुष र १५ महिला टिमको निर्णायक खेल गत भदौ ९ मा काठमाडौंमा सम्पन्न भएको थियो । लिग तथा नक आउट चरणमा सम्पन्न भएको उक्त खेलको फाइनलमा पुरुषतर्फ बैंकको रजिष्टर्ड अफिस टिम विजेता र डिजिटल पेमेन्ट इकोसिष्टम टिम उपविजेता बनेका थिए । महिलातर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्ट टिम विजेता र सुदूरपश्चिम प्रदेश ‘बी’ टिम उपविजेता बनेको बताइएको छ ।

प्रतियोगिताका विजेता, उपविजेता, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । प्रतियोगिता समापन कार्यक्रममा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङ, नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक थमन भुसाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुधीरनाथ पाण्डे र सन्तोष राठी, प्रमुख डेभलोपमेन्ट अफिसर कैलाश गौतम, बैंकका कम्पनी सचिव दिपेन कार्की, बैंकका ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन्स विभाग प्रमुख सरोज भट्टराई लगायतको उपस्थिति थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।