काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । बैंकको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । हाल बैंकको चुक्तापूँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रूपैयाँ रहेको छ ।
बैंकले गत वर्षभन्दा थोरै कम मात्र लाभांश वितरण गर्न लागेको हो । अघिल्लो आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट बैंकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ६८ प्रतिशत गरी कुल २० दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।