सिटिजन्स बैंकले यस वर्ष ५.७९ % नगद लाभांश वितरण गर्ने 

Share News

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यस वर्ष ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजारको आधारमा करसमेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांशमा नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भए आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

बैंकले ८२ करोड २१ लाख ६१ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत वर्ष भने कुल ९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पछिल्लो दुई आर्थिक वर्षमा बैंकले नगद लाभांश वितरणमा जोड दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।