महुली लघुवित्तले एफपीओ निष्कासन गर्ने, सेबोनमा दियो निवेदन 

Share News

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।

कम्पनीले रू. ४ करोड ७५ लाख ४४ हजार ९१५ बराबरको एफपीओ निष्कासन गर्न सेबोनमा भदौ २४ गते निवेदन दिएको हो ।

विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले अंकित मूल्य १ सयका ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासन गर्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।