काठमाडौं। कामना सेवा विकास बैंक र नेभ नेपाल प्रालिबीच सुलभ कर्जा सुविधासम्बन्धी सम्झौता भएको छ । विद्युतीय सवारीसाधन खरीद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता भएको बताइएको छ । सम्झौतामा बैंकका नायव कार्यकारी अधिकृत विनय दाहाल र नेभ नेपालका कार्यकारी अधिकृत सविताकुमारी क्षेत्रीले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् नेभका विद्युतीय सवारीसाधन खरीद गर्न चाहने ग्राहकले बैंकबाट सरल सुलभ ब्याजदरमा कर्जा सुविधा पाउने छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।