लाभांश पारितका लागि एनआईसी एशिया बैंकले असोज २८ मा बोलायो साधारण सभा

Share News

काठमाडौं । एनआईसी एसिया बैंकले २६ औं वार्षिक साधारणसभा आह्वान गरेको  छ । नेपाल राष्ट्र बैंकले २९ प्रतिशत बोनस शेयरसहितको लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेसँगै एनआईसी एसिया बैंकले वार्षिक साधारणसभा आह्वान गरेको हो ।

बैंक सञ्चालक समितिको शुक्रवार बसेको बैठकले वार्षिक साधारणसभा असोज २८ गते गर्ने निर्णय गरेको छ । सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उक्त दिन बिहान ९ बजेबाट शुरु हुनेछ । 

सभामा २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने बताइएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १६ देखि २८ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।