काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले प्रस्ताव गरेको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि भदौ २६ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि असोज ८ गते बुक कलोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
बैंकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पूँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ छ ।
सोही पूँजीको आधारमा १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंकले गरेको हो । गत वर्ष भने बैंकले लाभांश वितरण गरेको थिएन । अघिल्लो आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट भने बैंकले कुल १४ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।
उक्त वर्ष बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।