काठमाडौं। कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सैलुनबीच बुधवार छूटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत बैंकका ग्राहकले रूपन्देहीको देवदह नगरपालिका–७ देवदहस्थित सैलुनका सेवामा २० प्रतिशतसम्म छूट पाउने बताइएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ । सम्झौताबाट बैंकसँग आबद्ध ग्राहकले लाभ लिने अपेक्षा बैंकको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।