जोशी हाइड्रोपावरको स्थगित साधारण सभा असोज १९ गते बोलायो

Share News

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यसअघि स्थगित आठौं वार्षिक साधारण सभा असोज १९ गतेको लागि बोलाएको छ । यसअघि गत भदौ ३१ गते बोलाईएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

कम्पनीले ६५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नका लागि आठौं वार्षिक साधारण सभा बोलाएको थियो । साथै रित्त संस्थापनतर्फको एक जना, सर्वसाधारणतर्फको एक जना सञ्चालक र स्वतन्त्र सञ्चालक नियुक्तिबारे पनि सभाले निर्णय गर्ने कार्यक्रम थियो ।

यसअघि निर्धारित सम्पूर्ण प्रस्तावहरू पारितका लागि कम्पनीले सभा गर्न लागेको हो ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।