काठमाडौं । एनएमबि बैंक लिमिटेडले कर्पोरेट कार्यालय निर्माण गर्न काठमाडौंमा जग्गा खरीद गर्ने निर्णय गरेको छ ।
बैंक सञ्चालक समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नं. १ मा जग्गा खरीद गर्ने निर्णय गरेको हो । बैंकले १०५ दशमलव ५६२५ आना जग्गा तथा सोमा रहेको संरचनासमेत गरी कुल रू. १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँको खरीद गर्ने निर्णय गरेको छ ।
उक्त जग्गा बैंकको नाममा नामसारी तथा दाखिल खारेज भई आएपश्चात उक्त रकम भुक्तानी गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको नेप्सेमार्फत जानकारी गराएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।