लक्ष्मी इक्वीटी फण्डको सूचीकृत धितोपत्रमा लगानी रू. ८५ करोड ८८ लाख भन्दा बढी

Share News

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।उक्त  विवरण अनुसार फण्डले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ८५ करोड ८८ लाख भन्दा बढी लगानी गरेको छ । यो लगानी साउन मसान्तमा भने रू. ८८ करोड थियो । यस आधारमा फण्डले सूचीकृत धितोपत्रमा लगानी केही घटाएको छ । 

त्यस्तै यस फण्डको न्याभ पनि साउन महीनाको तुलनामा भदौ महीनामा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ८२ पैसा रहेकोमा भदौ मसान्तमा ९ रुपैयाँ ६१ पैसामा झरेको हो । यस फण्डले भदौ मसान्तसम्ममा रू. २२ करोड १५ लाख नोक्सानी ब्यहोरेको छ ।

साउन मसान्तमा पनि फण्ड रू. १९ करोड ४८ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी साउन महीनाको तुलनामा भदौ महीनामा बढेको छ । भदौ महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो ।  

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।