काठमाडौं । एनआईसी एशिया बैंक र एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यी दुई बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि बुक क्लोज गर्ने भएका छन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले यी बैंकहरूको साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।
एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीलाई २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज २८ गते साधारण सभा आयोजना गरेको छ । सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उक्त दिन बिहान ९ बजेबाट शुरु हुनेछ ।
एभरेष्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलई १० प्रतिशत बोनस शेयर र करसहित १० दशलमव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज ३० गते साधारण सभा बोलाएको छ । सभा लैनचौरस्थित लैनचौर ब्याक्वेटमा उक्त दिन बिहान ११ बजे शुरु हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।