काठमाडौं । नेपाल बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा समता पन्त (भट्ट) नियुक्त भएकी छन् ।
बैंकको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई असोज १५ गतेदेखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् ।
चार वर्षे कार्यकाल पूरा गरी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी बाहिरिएपछि बैंकले पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।