कुमारी बैंकको ११ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

Share News

काठमाडौं । कुमारी बैंक लिमिटेडको ११ हजार २२ कित्ता संस्थापक शेयर विक्रीमा छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय, नक्साल, काठमाडौं वा बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । यी शेयरको मूल्य विक्रेताले तोकेबमोजिम हुने बैंकले जानकारी दिएको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने बैंकले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।