काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग छूटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका ग्राहकले अस्पतालका ओपीडी, आईपीडी र फार्मेसी सेवामा १० प्रतिशतसम्म छूट पाउने बताइएको छ ।
बैंकले डिजिटल कारोबारमा प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता, इन्टरनेट बैंकिङ, खातामा रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवा बैंकमा भौतिक उपस्थितिविनै गर्न सकिने व्यवस्था गरेको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।