मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लिफानका स्कुटरमा छूट

Share News

काठमाडौं। मुक्तिनाथ विकास बैंकले काठमाडौंको नागपोखरीस्थित लिफानका विद्युतीय स्कुटरको आधिकारिक विक्रेता पिनाकल मोटोराड प्रालिसँग छूटसम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुसार लिफान नेपालका विद्युतीय स्कुटरको खरीदमा बैंकका ग्राहकले छूट पाउने भएका छन् । बैंकका कर्मचारी र ग्राहकले पिनाकल मोटोराडको नागपोखरी र भरतपुर शाखाबाट लिफानका विभिन्न मोडलका विद्युतीय स्कुटरको खरीदमा नगद र एक्सचेन्जमा समेत छूट पाउने बताइएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकका एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता, इन्टरनेट बैंकिङ, खातामा रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवा बैंकको शाखामा भौतिक उपस्थितविना नै गर्न सकिने व्यवस्था गरिएको बताइएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।