ग्लोबल आइएमई बैंकको क्यासब्याक अफर

Share News

काठमाडौं। ग्लोबल आइएमई बैंकले बडा दशैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाइलो’ छूट तथा क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकले सामान खरीद गरी बैंकको कार्ड प्रयोग गरी पोस मेसिनबाट भुक्तानी गर्दा रू. ३०० देखि रू. ५०० सम्मको नगद फिर्ता हुने बताइएको छ । नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकले योजना अवधिभर कम्तीमा रू. १ हजारको ३ ओटा कारोबार गर्दा रू. ३०० तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गर्दा रू. ५०० नगद फिर्ता हुने बैंकले जानकारी दिएको छ । साथै, बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले सामान खरीद गरी क्यूआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा ‘दशैं’ प्रोमो कोड प्रयोग गरी तुरुन्तै १० प्रतिशत वा अधिकतम रू. ३०० सम्मको नगद छूट पाइने भएको छ । यी योजना दशैं अवधिभर घटस्थापनाको दिनदेखि कात्तिक ७ गतेसम्म लागू हुने बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।