काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रस्तावित लाभांश आज पारित हुने भएको छ । काठमाडौंको भद्रकालीमा जारी २६औं वार्षिक साधारण सभामार्फत बैंकले कुल ३० दशमलव ५३ प्रतिशत लाभांश पारित गर्न लागेको हो । बैंकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सभामा लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारितका लागि पेस गरिनेछ भने चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति पनि टुंग्याइनेछ ।
बैंकले अहिलेसम्म अधिकतम लाभांश ४१ दशमलव शून्य ५ प्रतिशतसम्म वितरण गरेको छ । आर्थिक वर्ष ०७१/७२ को मुनाफाबाट बैंकले हालसम्मकै उच्च लाभांश वितरण गरेको हो । उक्त वर्ष बैंकले ३९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
पछिल्लो पटक आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट भने बैंकले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको हो । त्यसयताका दुई वर्ष बैंकलाई लाभांश वितरणमा रोक लागेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।