काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।
सेबोनले मंगलवार कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । सेबोनले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ ल्याउन अनुमति दिएको हो ।
अब कम्पनीले प्रिमियम मूल्यमा ३ करोड कित्ता आईपीओ निष्कासन गर्नेछ । जसअनुसार कम्पनीले ६ अर्ब १८ करोड रुपैयाँ आईपीओ विक्रीबाट संकलन गर्नेछ । विक्री प्रबन्धकमा एमएमबि क्यापिटल छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।