काठमाडौं । डिसहोम सेवा प्रदान गरिरहेको डिस मिडिया नेटवर्कले विशेष साधारणसभा आयोजना गरेको छ । कम्पनीले कार्तिक २० गते विशेष साधारणसभा आयोजना गरेको हो ।
विशेष साधारणसभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ ।
कम्पनीले लामो समयदेखि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । अब भने कम्पनीले हकप्रद मार्फत पुँजी बढाएर मात्र आईपीओ निष्कासन गर्ने देखिन्छ ।
कम्पनीले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा २०८० असार १२ गते निवेदन दिएको थियो ।
कम्पनीले १ करोड ३५ लाख ८४ हजार ९ सय ५५ कित्ता शेयर निष्कासन गर्न निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।