चिरख्वा हाइड्रोपावरको आईपीओ बिहीवार बाँडफाँट हुने 

Share News

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ आगामी बिहीवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक आरबिबि मर्चेण्ट लिमिटेडले कात्तिक १६ गते बाँडफाँट हुने जानकारी दिएको हो । 

कम्पनीको आईपीओ अन्तिम दिनसम्ममा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन दिएका थिए । यो मागभन्दा १५ दशमलव ३६ गुणा बढी हो । यस आधारमा कम्पनीको आईपीओ ८५ हजार ९३० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । 

कम्पनीले असोज २३ देखि २६ गतेसम्म सर्वसाधारणमा ८ लाख ५९ हजार ३ सय कित्ता आईपीओ निष्कासन गरेको थियो । 

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।