एलआईसी नेपालले ८८.४५ % हकप्रद शेयर निष्कासन गर्न सेबोनमा दियो निवेदन

Share News

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) लिमिटेडले हाल कायम चुक्ता पूँजीको ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।

कम्पनीले असोज २९ गते हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । 

कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ६५ करोड छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब पुग्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।