महालक्ष्मी विकास बैंकद्वारा आर्किड गार्डेन नेपाललाई सहयोग

Share News

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा पिछडिएका बालबालिकाको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने उद्देश्यले स्थापित ‘आर्किड गार्डेन नेपाल’ परियोजनाअन्तर्गत राउण्ड टेबल नेपालसँग समन्वयमा आर्थिक सहयोग गरेको छ । बैंकले हालको अवस्था नाजुक रहेका आर्किड गार्डेन बाल विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजताका लागि ५० हजार रुपैयाँ सहयोग गरेको हो । उक्त रकमबाट विद्यालय सुधारमा सहयोग गरिने बताइएको छ । यो सहयोगले ६ महीनादेखि ९ वर्षसम्मका १५० जना बालबालिकालाई दिवा स्याहार सेवा तथा शिक्षा प्रदान गरिरहेको विद्यालयको सुधारमा सहयोेग पर्‍याउने बैंकको अपेक्षा छ । आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने बैंकको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।