काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म एनआईसी एशिया बैंक लिमिटेडले १ अर्ब १ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसमम १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ४२ दशमलव ४९ प्रतिशत कम खुद नाफा गरेको हो ।
यस वर्ष बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ४३ लाख रुपैयाँभन्दा बढी भएको छ । इम्पेरमेन्ट चार्ज बढेसँगै यस वर्ष कम्पनीको सञ्चालन नाफासँगै खुद नाफा घट्न पुगेको हो । गत वर्ष २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी यो नाफा गरेको हो ।
२९ प्रतिशत बोनस शेयरमार्फत पूँजी वृद्धि गरी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुर्याएको कम्पनीको रिटेन्ड अर्निङ ९८ करोड ८२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । जगेडा कोष रकम १६ अर्ब २१ करोड रुपैयाँभन्दा बढी छ । पहिलो त्रैमाससम्म कम्पनीले ३ खर्ब ६३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ९८ करोड ८२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । निष्क्रिय कर्जा १ दशमलव ३७ प्रतिशत रहेको कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ९ पैसा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने २०२ रुपैयाँ ५ पैसा छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।