काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ग्लोबल आइएमई बैंक लिमिटेडको वितरणयोग्य नाफा ३ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी छ । गत वर्ष यो नाफा ३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको वितरणयोग्य नाफा कम भएको हो ।
यस वर्ष कम्पनीले १ अर्ब २२ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३ प्रतिशतले बढेको हो । सञ्चालन नाफा भने गत वर्षभन्दा ६ दशमलव ४२ प्रतिशतभन्दा बढी अर्थात् १ अर्ब ७९ करोड रुपैयाँभन्दा बढी भएको छ ।
इम्पेयरमेन्ट चार्ज गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष ७२ करोड ८६ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष १ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी भएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ ३ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम २१ अर्ब १० करोड रुपैयाँभन्दा बढी छ ।
पहिलो त्रैमाससम्म कम्पनीले गत वर्षभन्दा करीब ४ प्रतिशत बढी अर्थात् ४ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ३ खर्ब ५७ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्ष २ दशमलव १ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष बढेर ४ दशमलव ३८ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ३० पैसा छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।