एनएमबि बैंकको वितरणयोग्य नाफा १ अर्बभन्दा बढी

Share News

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार चालू आवको पहिलो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ८ करोड छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ६० करोड थियो । 

कम्पनीको खुद नाफा गत आवको तुलनामा चालू आवमा ६ दशलमव ५३ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ९० करोड ४१ लाख खुद नाफा आर्जन गरेकोमा चालू आवमा बढेर रू. ९६ करोड ३२ लाख पुगेको हो । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ६९ पैसा रहेकोमा चालू आवमा २० रुपैयाँ ३४ पैसा कायम भएको हो । 

कम्पनीको चुक्ता पूँजी रू. १८ अर्ब ३६ करोड छ । पहिलो त्रैमासमा कम्पनीले जगेडामा रू. ९ अर्ब ८७ करोड र रिटेन्ड अर्निङमा १ अर्ब ८ करोड सञ्चिति गरेको छ ।

कम्पनीको निष्क्रिय कर्जा भने गत आवको तुलनामा चालू आवमा बढेको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशलमव ९० प्रतिशत रहेकोमा चालू आवमा बढेर २ दशलमव ८४ प्रतिशत पुगेको हो । पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २ खर्ब १ अर्ब निक्षेप संकलन गरेर रू. १ खर्ब ९२ अर्ब कर्जा लगानी गरेको छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।