लुम्बिनी विकास बैंकद्वारा विद्यालयलार्ई प्रिन्टर सहयोग

Share News

काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेड देवीघाट शाखाले नुवाकोटको विदुर नगरपालिका–५ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयलाई एक थान प्रिन्टर सहयोग गरेको छ । शाखाका प्रमुख रमेशकुमार नेपालले बैंकको वर्तमान अवस्था तथा भावी योजनाका बारेमा धारणा राखेका थिए । विद्यालयका प्रधानाध्यापक वासुदेव पनेरुले बैंकलाई सहयोगका लागि धन्यवाद दिएका थिए । बैंकले हाल देशका सातओटै प्रदेशका ८९ शाखा कार्यालय तथा एक एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।