भूकम्प प्रभावितका लागि एनआईसी एशिया बैंकको ५१ लाख सहयोग

Share News

काठमाडौं। एनआईसी एशिया बंैक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार तथा राहत वितरणका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोष’मा रू. ५१ लाख सहयोग गर्ने घोषणा गरेको छ । शुक्रवार राति जाजरकोट केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षति भएको थियो । भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णमा श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले घाइते नागरिकको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।