एभरेष्ट बैंकद्वारा भूकम्प प्रभावितलाई २५ लाख सहयोग 

Share News

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले जाजरकोट भूकम्पका प्रभावितको उद्धार तथा राहतका लागि २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको छ । उक्त रकमबाट भूकम्प प्रभावितको राहत र उद्धारमा थोरै भए पनि सहयोग पुग्ने भन्दै बैंकले आगामी दिनमा समेत यस्ता सहयोग जारी राख्ने बताएको छ । बैंकले १२७ शाखा, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, ३२ राजस्व संकलन केन्द्र, १६३ एटीएमसहित आफ्नो विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बंैंकिङ सुविधा प्रदान गर्दै आएको बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।