बल्खुमा दुर्गा प्रसाईं समर्थक र तीनकुनेमा युवा संघको प्रदर्शन [तस्वीरहरू]

Share News

काठमाडौं । दुर्गा प्रसाईं समर्थक र युवा संघले बिहीवार काठमाडौंको छुट्टाछुट्टै स्थानमा प्रदर्शन गरेका छन् । प्रसाईं समर्थकले काठमाडौंको बल्खु क्षेत्रमा प्रदर्शन गरेको हो । 

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाई समूहले प्रदर्शन गरेको हो । प्रदर्शनका कारण चक्रपथ क्षेत्रको यातायात अवरुद्ध भएको छ । 

प्रसाईं समूहले काठमाडौंको माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पनि सरकारले त्यहाँ निषेधित घोषणा गरेर बल्खुमा प्रदर्शनस्थल तोकेको थियो । 

यस्तै, युवा संघले भने काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन गरेको छ । दुवै स्थानमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । 

बल्खु क्षेत्र । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।