इमर्जिङ्ग नेपालको आठौं वार्षिक साधारण सभा मङ्सिर १५ मा

Share News

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आठौं वार्षिक साधारण सभा मङ्सिर १५ गते गर्ने भएको छ । सभा काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याक्वेटमा उक्त दिन बिहान ११ बजे शुरु हुने जानकारी दिइएको छ । 

सभाले ८ दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।