काठमाडौं । कुमारी बैंक लिमिटेडले ९१ हजार ६३८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले लिला बहादुर गुरुङको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्रीय कायालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय, नागपोखरी, नक्साल, काठमाडौंमा पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी बैंकले दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।