काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले रूपन्देहीको मायादेवी गाउँपालिका–३ स्थित जगदम्बा स्पिनिङ मिल्समा एटीएम सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रूपमा एटीएमको उद्घाटन गरेका हुन् । योसँगै बैंकको एटीएमको संख्या १६३ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले उक्त एटीएम सेवा विस्तारसँगै मिल्समा कार्यरत मजदूर र कर्मचारी तथा मायादेवी गाउँपालिका वडा नं ३ का स्थानीयलाई सो सेवाले थप सहज हुने अपेक्षा गरे । सो अवसरमा बैंकले उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदूरका लागि वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।