एनएमबि बैंकले यस वर्ष लाभांश नदिने 

Share News

काठमाडौं । एनएमबि बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ ।

मङ्सिर १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने र सोहीबमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको हो ।

गत वर्ष ८ दशमलव २५ प्रतिशत करसमेत नगद लाभांश वितरण गरेको बैंकले यस वर्ष लाभांश वितरण नगर्ने भएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।