नवौं संस्करणको ‘नेपाल इन्टरनेशनल ट्रेड फेयर २०२३’ आजबाट शुरु 

Share News

काठमाडौं । नवौं संस्करणको ‘नेपाल इन्टरनेशनल ट्रेड फेयर’ आजबाट शुरु भएको छ ।  विहीबार सभामुख देवराज घिमिरेले उक्त व्यापार मेलाको उद्घाटन गरे । 

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको उक्त मेला यही मङ्सिर १८ गतेसम्म चल्नेछ । 

कोभिड–१९ को महामारीका कारण रोकिएको मेला अहिले आयोजना गरिएको हो । उक्त मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेशलगायत देशका स्टल रहेका छन् । 

मेलामा कुल २१० ओटा स्टल छन्, जसमा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ छन् । 

नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्‌ले समेत मेला अवलोकन गरेका छन्। 

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।