डिप्रोक्स लघुवित्तद्वारा शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध

Share News

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पुरानो नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई लिन अनुरोध गरेको छ । कम्पनीले विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश कतिपय शेयरधनीले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त लाभांश लिन अनुरोध गरेको हो । 

नगद लाभांश लिन बाँकी रहेका शेयरधनीले आफ्नो शेयर प्रमाणपत्रका साथ आफ्नो कुनै परिचय पत्र लिई वा विभिन्न आवमा कम्पनीको शेयरधनी रहेका तर हाल आफ्नो शेयर विक्री गरिसकेका शेयरधनीले कागजातको प्रतिलिपिसहित कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क गरी लाभांश बुझिलिन सक्नेछन् । 

पाँच वर्षभन्दा पुरानो बुझिलिन बाँकी रहेको नगद लाभांश रकम कम्पनी ऐन २०६३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी दिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।