माउन्टेन इनर्जी नेपालले पहिलो त्रैमासमा कमायो रू. २६ करोड ३६ लाख नाफा

Share News

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा रू. २६ करोड ३६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासमा भने ७ प्रतिशतले कम हो ।

गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. २७ करोड ५७ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी घटेकाले नाफा घटेको हो । गत आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ४७ करोड २३ लाख आम्दानी गरेकोमा चालू आवमा उक्त नाफा घटेर ४५ करोड ४८ लाखमा सीमित भएको छ । 

कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ९६ करोड छ । पहिलो त्रैमासमा कम्पनीले जगेडामा रू.१ अर्ब ४३ करोड सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी  १३ रुपैयाँ ३९ पैसा, मूल्य आम्दानी अनुपात ५७ दशमलव १३ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ७२ दशमलव ९७ छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।