श्रम बजार ! [तस्वीरहरू]

Share News

काठमाडौं । काठमाडौंको रत्नपार्क, मरुहिटी (मसानचोक)मा हरेक दिन बिहान साढे ८ देखि साढे ९ बजे विदेशी कामदारहरू देखिन्छन् । भारतको बिहार, बंगाल, उडिसालगायत क्षेत्रका ती कामदारहरू त्यही क्षेत्रमा काम गर्नका लागि भने आएका होइनन् । उनीहरू त्यहाँ आउनुको कारण हो– ठेकेदारलाई भेट्नु । ठेकेदारलाई भेटेपछि उनीहरू आ–आफ्नो काममा जाने गरेका छन् । 

त्यो हुलमा विदेशी मात्रै होइन, केही नेपाली कामदारहरू पनि भेटिन्छन् । यी कामदारहरूको कमाई भने दैनिक कमाई हजारदेखि दुई हजार रुपैयाँसम्म हुने गरेको छ । यसआधारमा महीनाको ३० दिन काम गर्दा उनीहरूले बढीमा ६० हजार रुपैयाँसम्म कमाइ गर्ने देखिन्छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।