आफ्नो स्वामित्वको दुई कम्पनीको संस्थापक शेयर विक्री गर्दै एनआईसी एशिया बैंक 

Share News

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले नागरिक लगानीकोष र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ९७ हजार ३०५ कित्ता र नागरिक लगानीकोषको २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको हो । सूर्योदय वोमी लघुवित्तको शेयर मूल्य प्रतिकित्ता १९६ रुपैयाँ र नागरिक लगानीकोषको शेयरको मूल्य प्रतिकित्ता ६८६ रुपैयाँ तोकिएको छ ।

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । नागरिक लगानीकोषको शेयर खरीदका लागि न्यूनतम १ हजार कित्ता र सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

अधिकतम सीमाका लागि सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । दुवै कम्पनीको शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले मङ्सिर १९ गतेपछि घोषणा हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।