एनएमबि बैंकको २८औं वार्षिक साधारण सभा पुस २६ मा, छैन लाभांश प्रस्ताव

Share News

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २८औं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । बुधवार बसेको बैंकको सञ्चालक समितिको बैकठले आगामी पुस २६ गते साधारण सभा गर्ने जानकारी गराएको हो ।

उक्त साधारण सभा प्रयोजनको लागि बैंकले पुस ६ गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।

यस बुक क्लोजको आधारमा पुस ५ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।