सिटी होटलको साधारण सभा पुस २०मा, बुक क्लोज कहिले ?

Share News

काठमाडौं । सिटी होटल लिमिटेडले ८औं वार्षिक साधारण सभा पुस २० गते गर्ने भएको छ ।

होटलको बुधवार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा पुस २० गते गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

होटलले साधारण सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव नरहेको जानकारी दिएको छ । आठौं वार्षिक साधारण सभा प्रयोजनको लागि होटलले पुस ८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस ५ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।