काठमाडौं । कुमारी बैंक लिमिटेडले यस वर्ष लगानीकर्ताको हात खाली बनाउने भएको छ । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
मङ्सिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।
गत वर्ष कम्पनीले करसमेत १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।